सुनको मूल्य सातामै ६५०० रुपैयाँ बढ्यो
सारांश
- एक हप्तामा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले वृद्धि भएको छ।
- असोज ८ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ पुग्यो।
- चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ।
काठमाडौँ । एक साताको अवधिमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य हिजो (शुक्रबार) सम्म आइपुग्दा २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यद्यपि सो साता सुनको मूल्यमा उतारचढाव नै देखियो । जसअनुसार असोज ८ गते गते हालसम्मकै उच्च अदालत २ लाख २३ हजार रुपैयाँसम्म सुनको मूल्य पुग्यो ।
महासंघका अनुसार असोज ५ गते २ लाख १७ हजार १००, ६ गते २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार हुँदा ७ गते २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो ।
त्यसपछि ८ गते कीर्तिमानी मूल्य कायम हुँदा त्यसको भोलिपल्ट अर्थात ९ गते भने घटेर २ लाख २१ हजार ३०० कायम हुँदा शुक्रबार भने फेरि २ लाख २२ हजार ५०० रुपैयाँ पुगेर साताको कारोबार रोकियो ।
सो साता सुनको मूल्यले पनि कीर्तिमान बनायो । असोज ३ गते तोलामा २ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य, ५, ६, ७, ८ र ९ गते क्रमशः २ हजार ६२०, २ हजार ६५०, २ हजार ६८०, २ हजार ७०० र २ हजार ६८५ रुपैयाँ कायम भयो । यस्तै हिजो शुक्रबार भने हालसम्मकै उच्च मूल्य हुँदै चाँदीको मूल्य तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस आधारमा सातामै चाँदीको मूल्य १६० रुपैयाँ बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण