शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहन्छ : महासचिव पोखरेल

शनिबार, ११ असोज २०८२, ११ : १५
शनिबार, ११ असोज २०८२

सारांश

  • एमाले महासचिव शंकर पोखरेलले एजेन्डामा आधारित भएर पार्टीको भविष्य निर्भर रहने बताए।
  • उनले ज्ञानेन्द्र शाहको कदम र त्यसपछिको नेतृत्वको स्मरण गरे।
  • उनका अनुसार, जनता सार्वभौम बने र मुलुक गणतन्त्रमा प्रवेश गर्यो।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहने बताएका छन् । महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले तत्कालीन राजा ज्ञानेन्द्र शाहले असोज १८ र माघ १९ मा चालेको राजनीतिक कदमपछिको नेतृत्वको स्मरण गर्दै भनेका छन्– ‘ कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेन्डामा निर्भर रहन्छ। विगतमा असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो। किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेन्डामा विभाजित र अन्योलग्रस्त थिए। तर माघ १९ पछि उनीहरूले आफ्ना एजेन्डा स्पष्ट पार्दै एकताबद्ध भए। ’ 

उनले त्यसैको परिणामस्वरुप जनता सार्वभौम बनेका र मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको बताएका छन् । 

Capture1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप