जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायो: पर्यटन बोर्ड
सारांश
- नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले पर्यटन क्षेत्रको मनोबल घटाएको जनाएको छ।
- बोर्डका अनुसार आन्दोलनका कारण पर्यटक आगमनमा ४५ प्रतिशतले कमी आएको छ।
- बोर्डले पर्यटन भित्र्याउन सूचना प्रणालीलाई प्रभावकारी बनाउने दाबी गरेको छ।
काठमाडौँ । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । नेपाल पर्यटक बोर्डले सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको बताएको हो ।
विश्व पर्यटन दिवसको अवसर पारेर शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सो आन्दोलनका क्रममा तत्काल गत वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे ।
उनले गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३/३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय पुगेको उल्लेख गरे । तर अब थप अरू दुर्घटना नभएको त्यसमा सुधार आउने पर्यटन बोर्डको आकलन छ ।
पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउनका लागि सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि दाबी गरेको छ । प्रमुख कार्यकारी अधिकृत जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रूपमा नेपाल भित्र्याउने कामलाई सघन ढंगले अघि बढाइएको बताए । त्यसका लागि सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रूपमा पहल गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण