तीन महिनादेखि दुई सडक अवरुद्ध
शनिबार, ११ असोज २०८२, १४ : १०
सारांश
- देशभरका तीन सडक अझै अवरुद्ध छन्, जसमा कोशी राजमार्ग र रसुवागढी सडक पर्छन्।
- वरुण नदीले डाइभर्सन बगाउँदा कोशी राजमार्ग जेठ ६ गतेदेखि अवरुद्ध छ।
- मितेरी पुल बगाएपछि रसुवागढी-स्याफ्रुवेँसी सडक असार २४ गतेदेखि बन्द छ।
काठमाडौँ । अहिले देशभरका तीन सडक अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तीन सडकबाहेक देशभर अवरुद्ध भएका सडक खुलेका छन् ।
तीन महिना अघिदेखि अवरुद्ध बनेको कोशी राजमार्ग र स्याफ्रुवेँसी–रसुवागढी सडक अझै खुल्न सकेका छैनन् । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा वरुण नदीले डाइभर्सन बगाउँदा जेठ ६ गते यता कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।
सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवामा भदौ १५ गतेदेखि परेको अविरल वर्षाका कारण गएकाे पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ ।
त्यस्तै, गोसाइकुण्ड गाउँपालिका– २ मा नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाउँदा असार २४ गतेदेखि रसुवागढी स्याफ्रुवेँसी सडक पूर्ण रूपमा अवरुद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण