मोटरसाइकल दुर्घटनामा अस्ट्रेलियाली नागरिकको मृत्यु
सारांश
- सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा लगिएको छ।
- प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको थियो।
सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे–तातोपानी खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चार किलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार आज बिहान बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अस्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए ।
दुवै जनालाई स्थानीय स्तरमा उद्धार गरी धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नर्भिक अस्पताल, काठमाडौँ पठाइएको थियो ।
जनेटको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको प्रहरी नायब उपरीक्षक खरेलले उल्लेख गरे । उनका अनुसार मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण