जेनजी आन्दोलनका घाइतेका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन हुने
शनिबार, ११ असोज २०८२, २१ : ४७
सारांश
- भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि सरकारले विशेष व्यवस्था गर्ने भएको छ।
- गृह मन्त्रालयले देशभरका अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ।
- घाइतेहरूको पहिचान र उपचारका लागि सहायता कक्ष स्थापना गरी परिचयपत्र वितरण गरिनेछ।
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज बनाउन सरकारले विशेष व्यवस्था मिलाउने भएको छ।
गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै काठमाडौँ उपत्यका मात्र नभई देशभरका तोकिएका अस्पतालहरूमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
मन्त्रालयका अनुसार, घाइतेहरूको उपचारमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले तोकिएका अस्पतालहरूमा छुट्टै समन्वय प्रणाली लागू गरिनेछ। साथै, ती अस्पतालहरूमा सहजीकरणको लागि विशेष सम्पर्क व्यक्तिहरू तोकिने र सम्बन्धित सम्पर्क नम्बर सार्वजनिक गरिनेछ।
यस्तै, घाइते व्यक्तिहरूको पहिचान तथा सहज र प्रभावकारी उपचारका लागि सहायता कक्ष स्थापना गरी उनीहरूलाई परिचयपत्र वितरण गर्ने तयारी समेत मन्त्रालयले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण