सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको सात लाख ५० हजारसहित एक जना पक्राउ

शनिबार, ११ असोज २०८२, २२ : ३७
शनिबार, ११ असोज २०८२

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको रु सात लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका-४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शङ्का लागेर निजलाई जाँच गरिएको थियो । सो क्रममा निजको साथबाट उक्त नगद रकम फेला परेको हो । रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि साहलाई पक्राउ गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशङ्का गरेको छ । सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरी बलले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक भण्डारीले उल्लेख गरे ।

पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप