मधेसका मुख्यमन्त्री सिंहको फेसबुक पेज ह्याक, साढे चार घण्टापछि रिकभर
सारांश
- मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको फेसबुक पेज ह्याक भयो।
- आइटी विज्ञको सहयोगमा पेज साढे चार घण्टापछि पुनः नियन्त्रणमा ल्याइयो।
- सचिवालयले ह्याकिङको उद्देश्य मुख्यमन्त्रीलाई कमजोर पार्ने प्रयास भएको जनायो।
जनकपुर । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार पेज ह्याक भएको करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पुनः नियन्त्रणमा ल्याइएको हो।
मुख्यमन्त्रीको सचिवालयमार्फत सञ्चालित CM Satish Singh नामक आधिकारिक पेजलाई ह्याक गरिएको पुष्टि गर्दै सचिवालयले रिकभर भएपछि उक्त पेजमै एक स्टाटस लेख्दै सूचना जारी गरेको छ।
सूचनामा भनिएको छ, “माननीय मुख्यमन्त्री सिंहज्यूको सचिवालयमार्फत सञ्चालित CM Satish Singh आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरूले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आइटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ।”
सचिवालयले ह्याकिङको उद्देश्य मुख्यमन्त्रीलाई कमजोर पार्ने प्रयास भएको टिप्पणी गर्दै भनेको छ, “यसले हाम्रो हौसला घटाएको छैन, बरु अझ सशक्त भएर अघि बढ्ने प्रेरणा मिलेको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण