चार दशकदेखि चङ्गा बेचिरहेका दीपेन्द्र, तस्बिरहरू
सारांश
- काठमाडौँको चिकंमुगलमा दीपेन्द्र कुमार रञ्जितकारले चार दशकदेखि दसैँमा चङ्गा बेच्दै आएका छन्।
- अहिले चङ्गा किन्ने मानिस घटेका छन्, सामान्य चङ्गाको मूल्य १० देखि ४० रुपैयाँसम्म छ।
- दसैँमा चङ्गा उडाउनुले परिवार र समुदायलाई एकत्रित गर्छ, पर्वको रमाइलो बढाउँछ र संस्कृति जोगाउँछ।
काठमाडौँ । राजधानीको चिकंमुगलमा दीपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दसैँमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ।
पहिले दसैँमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने चङ्गा किन्ने मानिस घटेका छन्।
उनका अनुसार अहिले सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ। नेपालमै बनेको कागजमा तयार गरिएको दसैँको चङ्गा भने महँगो पर्छ।
लट्टाईको मूल्य सानोको १२० रुपैयाँदेखि सुरु भई ठुलोको १००० देखि १२०० रुपैयाँसम्म पर्छ।
चङ्गा बनाउने काम त दसैँका लागि गरिन्छ, तर दीपेन्द्र रञ्जितकारले इन्द्रजात्रा पछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्।
दसैँमा चङ्गा उडाउनु केवल खेल मात्र होइन, यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ। आकाशमा रङ्गिन चङ्गा उडाउँदा उत्सवको माहौल अझ जीवन्त हुन्छ।
_VLfZcv4rX7.jpg)
_kkTvxgRKjU.jpg)
_sHPv5DklxW.jpg)
_lXrFaf17WT.jpg)
_gIro5eY4un.jpg)
_5Nn2MshjDY.jpg)
_FwpaujNGBA.jpg)
_WTMOuKJDTd.jpg)
_v5uXby2tU0.jpg)
_XdUKzGIzpU.jpg)
_RkRMHfUBgs.jpg)
_FOvcNIOgbL.jpg)
_wT0VyckKfx.jpg)
_Th0NsnMngH.jpg)
_1qDdfBfEiR.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण