‘पोखरा सुरक्षित छ, घुम्न आउनू’
सारांश
- जेनजी आन्दोलनका कारण पर्यटकले पोखराको बुकिङ रद्द गरेका छन्।
- होटल संघ पोखराले भने पोखरा सुरक्षित रहेको र घुम्न आउन आह्वान गरेको छ।
- अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार आन्दोलनले केही प्रतिष्ठानमा क्षति पुगे पनि अन्य संरचना सुरक्षित छन्।
पोखरा । जेनजी आन्दोलनपछि पोखरा र आसपासमा घुम्न आउने पर्यटकले बुकिङ धमाधम रद्द गरेका छन् ।
विदेशी पर्यटकहरूले असुरक्षाका कारण बुकिङ रद्द गरेको पर्यटन व्यवसायीहरूले बताए । तर, होटल संघ पोखराले पोखरा घुम्दा असुरक्षा महसुस गर्नु नपर्ने भन्दै घुम्नका लागि आह्वान गरेको छ । आन्दोलनका बाबजुद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तम्तयार रहेको सन्देश प्रवाह गरेको हो ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेनजी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरू सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी दिए । ‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार विस्तारा छन्,’ उनले भने, ‘सयौं रेस्टुराँ पनि सेवाका लागि तत्पर छन् । पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन ।’
पर्यटकले बुकिङ रद्द गरेपछि मुख्य सिजनमै पोखरा आसपास सुनसानजस्तै भैसकेको व्यवसायीहरूले बताए । तत्कालका लागि पर्यटन उद्योग प्रभावित भए पनि विस्तारै पुरानै लयमा फर्कने सुवेदीको तर्क छ ।
‘काठमाडौँ, चितवन र बुटवल लगायतका सहरबाट पोखरा जोडिने सडकहरू सुरक्षित र चुस्त छन् । काठमाडौंबाट अहिले पाँचै घण्टामा सडकमार्गबाट पोखरा आउन सकिन्छ,’ उनले अघि भने, ‘राति अबेर हवाई सेवामार्फत पोखरा पुग्ने चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाएका छन् ।’
अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको होटल संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण