राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी ओलीको राहदानी रोक्का गर्ने निर्णयलाई प्रतिशोध भनेको छ ।
साथै एमालेले सरकार दलहरूलाई निषेध गर्नेगरी अघि बढेको ठहर समेत गरेको छ ।
एमालेले आगामी असोज २७ देखि २९ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बसेको सचिवालय बैठकले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । त्यसअघि असोज १९ र २० गते सचिवालय बैठक बस्ने ज्ञवालीको भनाइ छ ।
आजको बैठकमा भदौ २३ र २४ को घटना र त्यसपछिका विकसित घटनाक्रमबारे सामान्य समीक्षा गरेको छ । त्यसक्रममा सुशीला कार्की नेतृत्वको सरकार राजनीतिक प्रतिशशोधको बाटोमा अघि बढ्न खोजेको ठहर पनि बैठकले गरेको ज्ञवालीको भनाइ छ । एमालेले इतिहास बोकेका दललाई पन्छाएर अघि बढ्न खोजेको अनुभुति गरेको भन्दै संवाद र छलफल नै नचाहेको देखिएको जनाएको छ ।
त्यस्तै बैठकले भदौ २३ र २४ को घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी ओलीसहितका पदाधिकारीहरूको राहदानी रोक्काको निर्णयप्रति आपत्ति जनाएको छ ।
त्यसलाई एमालेले प्रतिशोध भनेको छ । साथै एमालेले भदौ २४ का दोषीलाई कुनै कारवाही नगर्नु भनेर गरेको पत्राचारले दोषीको मनोबल बढाउने र उन्मुक्ति दिने तथा प्रहरीको मनोबल घटाउने काम गरेको एमालेको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण