फरार कैदीबन्दीलाई भीमफेदी कारागारको अल्टिमेटम, सहयोगीलाई पनि कारबाही हुने
मकवानपुर । मकवानपुरको भीमफेदी कारागार कार्यालयले गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको छ ।
कारागार प्रशासनले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीहरूलाई असोज २० गते सोमबारसम्ममा कारागारमा फर्किन अन्तिम मौका दिएको हो ।
कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई तोकिएको समयभित्र नफर्के थप सजाय हुने चेतावनी दिएको छ ।
कारागारले जारी गरेको सूचनामा भनिएको छ, 'यस भीमफेदी कारागारबाट भदौ २५ गते फरार भई फर्किन बाँकी कैदीबन्दीहरू असोज २० गते सोमबारसम्म कारागार फर्की आउन हुन सूचित गरिन्छ, अन्यथा सो समय भित्र फर्की नआए कारागार ऐन, २०१९ र अन्य प्रचलित कानुन बमोजिमको थप सजाय हुने छ ।'
कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा कुनै पनि किसिमको आश्रय दिने व्यक्तिलाई समेत कसुरदार मानी प्रचलित कानुनबमोजिम कारबाही गरिने कडा चेतावनी दिएको छ ।
साथै प्रशासनले फरार कैदीबन्दीहरूको खोजी कार्यमा सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ ।
कारागारले फरार रहेका कैदीबन्दीहरू लुकेछिपेको ठाउँबारे कसैलाई जानकारी भएमा उनीहरूलाई कारागारमा फर्काउने कार्यमा सहयोग गरिदिन परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायी लगायत सबैमा हार्दिक अनुरोध गरेको छ ।
यस कार्यमा सहयोग तथा सूचना आदानप्रदानका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
जसमा प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान अधिकृत, सरकारी वकिल र कारागार प्रशासक सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण