अर्घाखाँचीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु
सोमबार, १३ असोज २०८२, ०७ : ४७
सारांश
- बुटवलबाट गुल्मी जाँदै गरेको फोर्स गाडी अर्घाखाँचीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटना सन्धिखर्क नगरपालिका-९ स्थित अर्घा टारीमा भएको थियो, जसमा गाडी सडकबाट तल खसेको थियो।
- दुर्घटनामा गम्भीर घाइते तीन जनासहित अन्य सामान्य घाइतेको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ।
बुटवल । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लु १ ज ४७२३ नम्बरको गाडी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा टारीमा दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार गाडी उकालो घुम्तीबाट सडक छेउबाट तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झलकप्रसाद शर्माका अनुसार मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका-६ का १० वर्षीय अरूणा थापा र सोही गाउँपालिका-७ का १३ वर्षीय नारायण पौडेल रहेका छन् । घटनामा गम्भीर घाइते तीन जनासहित अन्य सामान्य घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गाडीमा करिब २५ जना यात्रु सवार रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण