मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउन रास्वपाको निर्देशन

सोमबार, १३ असोज २०८२, २१ : ५३
सोमबार, १३ असोज २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले नेताहरूलाई चाडपर्वमा उपहार स्वीकार नगर्न निर्देशन दिएको छ।
  • रास्वपाले पूर्व सांसदहरूलाई रातो पासपोर्ट र परिचयपत्र बुझाउन भन्यो।
  • पार्टीले शोकको घडीमा कुनै पनि चाडपर्व कार्यक्रम नगर्न आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन दिएको छ ।

साथै रास्वपाले पार्टीका पूर्व सबै सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन पनि भनेको छ ।

‘पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ’, प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा राष्ट्रिय शोकको घडीमा रहेकाले यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन पनि रास्वपाले सबै तहका पार्टीपंक्तिमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप