शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बिदामा सेवा

दसैँ बिदामा कुन बैंकले कसरी दिँदैछन् सेवा ? (बैंक खुल्ने तालिकासहित)

सोमबार, १३ असोज २०८२, १२ : ०३
सोमबार, १३ असोज २०८२

सारांश

  • दशैँ बिदा सोमबारदेखि सुरु भएको छ, तर केही अत्यावश्यक क्षेत्रले सेवा सुचारु गर्ने निर्णय गरेका छन्।
  • बैंक तथा वित्तीय संस्थाहरूले सीमित शाखाहरूमा आलोपालो सेवा दिने व्यवस्था मिलाएका छन्, जसमध्ये केहीले धेरै शाखा खोलेर सेवा दिनेछन्।
  • विभिन्न बैंकहरूले दशैँ बिदामा नगद कारोबारलगायतका सीमित बैंकिङ सेवा प्रदान गर्ने तालिका बनाएका छन्।

काठमाडौँ । दसैँ बिदा आज (सोमबार) देखि सुरु भएको छ । तर, अत्यावश्यक केही क्षेत्रले भने दसैँ बिदामा पनि सेवा सुचारु गर्ने निर्णय गरेका छन् । 

यसरी सेवा सुचारु गर्नेमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थादेखि बैंक तथा वित्तीय संस्था समेत रहेका छन् । द्वादशीको दिन (शुक्रबार)सम्म बिदा भए पनि त्यसको भोलिपल्ट शनिबार रहेका कारण यो दशैंमा ६ दिन सार्वजनिक बिदा हुनेछ । 

खासगरी बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केही बैंकको भने यस्तो तालिका प्रकाशन गरेका छैनन् । शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुनेछ । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन् ।

कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंक लिमिटेडले दशैं बिदामा ३६ वटा शाखा कार्यालयहरू खुला राख्ने तालिका बनाएको छ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभर फैलिएका छन्, जहाँ विभिन्न मितिहरूमा सीमित बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।

Agriculture development bank

सिटिजन्स बैंक

सिटिजन्स बैंकले दशैं अवधिभर २६ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू काठमाडौं उपत्यका र बाहिरका प्रमुख शहरहरूमा अवस्थित छन्। ग्राहकहरूले असोज १३ देखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार लगायतका अत्यावश्यक बैंकिङ सेवा लिन सक्नेछन्।

Citizens bank

एभरेस्ट बैंक लिमिटेड

एभरेस्ट बैंक लिमिटेडले दशैं बिदाको असोज १४ गते बागमती प्रदेशका तीनवटा शाखा कार्यालयहरू (न्युरोड, पुलचोक र थिमी) सञ्चालन गर्नेछ। यस अवधिमा ग्राहकहरूलाई नेपाली रुपैयाँको नगद भुक्तानी र जम्मा तथा विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) प्रदान गरिनेछ।

EBL

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले दशैं बिदामा कुल ५० वटा शाखा कार्यालयहरू खुला राख्ने व्यवस्था गरेको छ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फैलिएका छन्। ग्राहकले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आवश्यक बैंकिङ सेवा लिन सक्नेछन्।

Global IME Bank

हिमालयन बैंक

हिमालयन बैंकले दशैंको सप्तमी, महाअष्टमी, नवमी र एकादशीको दिनमा २९ वटा शाखा कार्यालयहरूबाट सीमित बैंकिङ कारोबार उपलब्ध गराउनेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख स्थानमा रहेका छन्।

Himalayan Bank Limited

कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडले दशैं बिदामा ५० वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। फुलपाती, महाअष्टमी, महानवमी र एकादशीका दिनहरूमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका यी शाखाहरूबाट बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म सेवा उपलब्ध हुनेछ।

kumari bank

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले दशैं बिदामा ५२ वटा शाखा कार्यालयहरू खुला राख्ने तालिका बनाएको छ। असोज १३ देखि १७ गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्राहकहरूले नगद कारोबारलगायतका सीमित बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लिन सक्नेछन्।

Laxmi Sunrise Bank Limited

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले दशैंको सप्तमी, अष्टमी, नवमी र एकादशीका दिनमा कुल ३३ वटा शाखा कार्यालयहरू खुला राख्नेछ। यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार, चेक जम्मा र भुक्तानी, आरटीजीएस/ईसीसी लगायतका अत्यावश्यक बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।

Machhapuchchre banj

नबिल बैंक

नबिल बैंकले दशैंको बिदामा असोज १३ र १६ गते गरी कुल १९ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा छन्, जहाँ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित बैंकिङ सेवा उपलब्ध हुनेछ।

Nabil Bank

नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले दशैं लगायतका सार्वजनिक बिदामा ४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालन गर्नेछ। यी काउन्टरहरू मेची भन्सार (दुई), कृष्णनगर भन्सार र विदेशी मुद्रा सटही काउन्टर (न्युरोड शाखा) हुन्, जसबाट तोकिएको समयमा अत्यावश्यक सेवा उपलब्ध हुनेछ।

nepal bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दशैं बिदामा काठमाडौं उपत्यकाभित्र १९ वटा शाखा/काउन्टरहरू सञ्चालन गर्नेछ। फुलपातीदेखि एकादशीसम्म तोकिएका दिनहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वा दिउँसो १ बजेसम्म यी काउन्टरहरूबाट ग्राहकहरूले अत्यावश्यक बैंकिङ सेवा लिन सक्नेछन्।

Nepal investment bank

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले दशैंको अवसरमा १४ वटा शाखा कार्यालयहरू सञ्चालन गर्ने तालिका बनाएको छ। असोज १३ देखि १६ गतेसम्म तोकिएका शाखाहरूबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ग्राहकहरूलाई अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराइनेछ।

Nepal SBI Bank

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले दशैंको बिदामा १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। असोज १३ (सप्तमी) देखि १६ (एकादशी) गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म (न्युरोड र सिनामंगल बाहेक) बैंकिङ सेवा उपलब्ध हुनेछ।

NIC Asia

एनएमबी बैंक

एनएमबी बैंकले दशैं बिदाको असोज १३, १४, १५ र १६ गते गरी १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा फैलिएका छन्। ग्राहकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नगद, चेक भुक्तानी, IPS लगायतका सेवाहरू लिन सक्नेछन्।

NMB Bank Limited

प्रभु बैंक

प्रभु बैंकले दशैं बिदामा १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्ने तालिका बनाएको छ। काठमाडौं उपत्यकाभित्र ४ वटा र बाहिर १४ वटा शाखाहरू असोज १३, १४, १५ र १७ गते तोकिएको समयमा (बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म) नगद कारोबारका लागि खुला रहनेछन्।

Prabhu Bank Limited

प्राइम बैंक लिमिटेड

प्राइम बैंक लिमिटेडले दशैं बिदाका लागि ४१ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। असोज १३, १४, १५ र १७ गते कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार र अन्य अत्यावश्यक बैंकिङ सेवा उपलब्ध हुनेछ।

Prime Commercial Bank Limited

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दशैं बिदामा ७ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू विराटनगर, काठमाडौं (मुख्य शाखा), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा (दुई), धनगढी र इटहरीमा अवस्थित छन्। दशैंका विभिन्न दिनहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध हुनेछ।

Rastriya banijya bank

सानिमा बैंक

सानिमा बैंकले दशैंको बिदामा ६३ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू बागमती (उपत्यकाभित्र र बाहिर), कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभरि असोज १३ देखि १६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित बैंकिङ सेवाका लागि खुला रहनेछन्।

sanima bank

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले दशैंको बिदामा ३१ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका यी शाखाहरू असोज १३ देखि १७ गतेसम्म तोकिएको समयमा (बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म) नगद कारोबारलगायतका अत्यावश्यक बैंकिङ सेवाका लागि खुला रहनेछन्।

Siddhartha bank

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले दशैं बिदामा ११ वटा शाखा/काउन्टरहरू सञ्चालन गर्ने तालिका बनाएको छ। असोज १३, १४, १५, १६ गतेका लागि घट्टेघोपला, ललितपुर, नयाँ बानेश्वर, बुटवल, वीरगन्ज, नेपालगञ्ज, विराटनगर, धरान, न्युरोड र काठमाण्डौलगायतका शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन्।

standard chartard bank

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप