६ कालजयी गीत : जुन हरेक दसैँमा गुन्जिछन्
सारांश
- दसैँमा गुन्जिने विभिन्न ६ कालजयी गीतहरूको चर्चा गरिएको छ, जसले मानिसको मनमा उमङ्ग भर्छ।
- यी गीतहरूमा 'दसैँ नै हो कि', 'धानकै बाला', 'वर्ष र दिनको रमाइलो चाड', 'यसपालिको दसैँमा ठुल्दाइ', 'नमुछे आमा दहीमा टीका नछरे जमरा', र 'वर्षमा दिनमा लैलै' समावेश छन्।
- यी गीतहरूले दसैँको महत्व, खुशी, विछोड, र राष्ट्रसेवक कर्मचारीको पीडालाई विभिन्न शैलीमा प्रस्तुत गर्छन्।
काठमाडौँ । दसैँमा हामी जताततै मालश्री धून र दसैँ भावका गीत गुन्जिएको पाउँछौँ । यस्ता गीतसंगीतले मानिसको मनमा उमङ्ग भर्ने काम गर्छ । दसैँमा हरेक वर्ष पुराना गीतसङ्गीत समेत प्राथमिकतामा पर्छन् । यहाँ दसैँका ६ कालजयी गीत प्रस्तुत गरिएको छ-
- ‘दसैँ नै हो कि’
‘दसैँ नै हो कि, यो मरो दशा’ गायक योगेश्वर अमात्यको यो गीत हरेक वर्ष दसैँमा धेरै सुनिने गीतमा पर्छ । दसैँ धनीका लागि खुसी र गरिबका लागि दुःख भनेर बुझाउने यो गीत सञ्चार दसैँ आउनु धेरै अगाडिदेखि प्राथमिकतामा पर्छ । पप रक शैलीमा तयार यो गीत बालबच्चादेखि बुढापाकासम्म पनि रुचाएको गीत हो । प्रायः बुढापाकाहरूले रक पप शैलीका गीतहरू मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दहरूले उनीहरूको समेत मन छाएको छ ।
- ‘धानकै बाला’
हरेक वर्षको दसैँमा गुन्जिने गीतमा ‘धानकै बाला’ पनि एक हो । सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीतले राष्ट्रसेवक कर्मचारीको पीडा झल्कन्छ । जयनन्द लामाको शब्द, सङ्गीत र स्वर रहेको यो गीतमा कोरस गायनमा बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । यो गीत राष्ट्रसेवा कर्मचारीले मात्र नभएर तिनका परिवारले पनि सम्झने गर्छन् ।
- ‘वर्ष र दिनको रमाइलो चाड’
यस गीतको चर्चा हरेक वर्षको दसैँमा हुन्छ । यो गीत धेरै वर्ष पहिले निर्माण भएको फिल्म ‘मुग्लान’को हो । उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतको स्वर रहेको गीतमा शब्द लोकनाथ सापकोटाले कोरेका हुन् । सुरेश अधिकारीको सङ्गीत रहेको गीतमा दसैँको टिका, जमराको वर्णन गरिएको छ । धन कमाउन विदेशीमा छोराको पर्खाइमा रहेकी बुढी आमाको पिडा गीतमा पोखिएको छ । फिल्ममा यो गीतमा दिलीप रायमाझी, झरना थापा, बिपना थापालगायतको अभिनय छ ।
- ‘यसपालिको दसैँमा ठुल्दाइ’
गायक बादल प्रसाईँको स्वर रहेको यो गीत विशेष गरेर हरेक दसैँमा युवा पुस्ताले रुचाउने गरेका छन् । कामको सिलसिलामा घरबाट टाढा रहेका दाजु घरमा फर्किदा ल्याउने सामान र उत्साह गीतमा व्यक्त गरिएको छ । कुल पोखरेलको शब्द, सङ्गीत रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् ।
- ‘नमुछे आमा दहीमा टीका नछरे जमरा’
बिदेसिएका छोराको मार्मिक बिलौना समेटिएको यो गीतले हरेक वर्ष धेरैलाई रुहाउने गर्छ । अध्ययन र रोजगारीको सिलसिलामा दिन प्रतिदिन नेपाली विदेसिन बाध्य छन् । त्यो पीडा समेत यो गीतले मार्मिक रूपमा उठाएको छ । गीतमा बिदेसिएकाको बहिनी, श्रीमती, छोराछोरीको कथा छ । भारतीय सेनामा कार्यरत रहदा पाकिस्तानसँगको युद्धको समय लक्ष्मण रायमाझीले कोरेको गीतमा स्वर तथा सङ्गीत नारायण रायमाझी दिएका हुन् । भिडियोमा रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अधिकारी, रोशन कार्कीलगायतको अभिनय देख्न सकिन्छ ।
- ‘वर्षमा दिनमा लैलै’
गायक सुगम पोखरेलको स्वर रहेको यो गीत पनि दसैँमा धेरै सुनिने गीतमा पर्छ । गीतले चाड हर्ष र खुसीको दिन भनेर चर्चा गरेको छ । रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै सङ्गीत रहेको गीतको भिडियोमा निरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँ तिहार दुवै विषय समेटिएको छ । दसैँ आउँदा सबै तिर खुसीले भरिने, उमङ्ग, हर्ष छाउने भनिएको छ ।
- ‘फौजीलाई कुन दसैँ’
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा अत्यधिक गुन्जिने गीतको सूचीमा पर्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको गीत राष्ट्रसेवक कर्मचारी प्रति समर्पित छ । गीतले दसैँमा घर जान नपाएको एक फौजीको पीडा व्यक्त गरेको छ । गीत एपीएफले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण