पर्साबाट ठुलो परिमाणमा चरेससहित भारतीय नागरिक पक्राउ
सारांश
- सशस्त्र प्रहरीले वीरगन्जबाट ठुलो परिमाणको चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्ति भारतको बिहारका हुन्, र उनको साथबाट ९ किलोभन्दा बढी चरेस बरामद भयो।
- मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई छिपहरमाईमा नियन्त्रणमा लियो।
वीरगन्ज। सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणको चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणको टोलीले विशेष सूचनाको आधारमा पर्साबाट भारततर्फ चरेस लुकाएर लैजाने क्रममा भारतको बिहार राज्य पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोल–३७ का ३१ वर्षीय गुलाम मोहमदलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी प्रमुख पुरन चन्द भट्टका अनुसार, पक्राउ परेका मोहमदको साथबाट ९ किलो ५२२ ग्राम चरेस बरामद गरिएको छ।
उनी सवार मोटरसाइकल बीआर २२ जे ३५५० मा फल्स बटम बनाई चरेस लुकाइएको अवस्थामा छिपहरमाई गाउँपालिका–४, बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
मोहमदको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद चरेस, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण