अहिंसा दिवसको तीन दिनअघि लन्डनमा महात्मा गान्धीको प्रतिमा तोडफोड
लन्डन । सोमबार लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड गरिएको छ ।
लन्डनमा रहेको भारतीय उच्चायोगले घटनाको कडा निन्दा गरेको छ । भारतीय उच्चायोगले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमा तोडफोडको उल्लेख गरेको थियो । अक्टोबर २ मा वार्षिक गान्धी जयन्ती समारोहको केही दिन अघि यो घटना भएको हो ।
लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोडको लज्जास्पद घटना भएको भारतीय उच्चायोगले एक्सको पोष्टमा जारी आफ्नो विज्ञप्तिमा भनेको छ ।
‘हामी यो कार्यको कडा निन्दा गर्छाैं । यो केवल तोडफोड मात्र होइन, तर अन्तर्राष्ट्रिय अहिंसा दिवसको तीन दिनअघि अहिंसाको विचार र महात्माको विरासतमाथि हिंसात्मक आक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस विषयलाई तत्काल कारबाहीका लागि स्थानीय अधिकारीहरूसँग गम्भीरतापूर्वकउठाइएको पनि भारतीय उच्चायोगले आफ्नो विज्ञप्तिमा भनेको छ । ‘हाम्रो टोली घटनास्थलमा उपस्थित छ र मूर्तिको गरिमा पुनर्स्थापित गर्न अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको छ,’ उच्चायोगले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण