रौतहटमा ४७ लाख बढीको अवैध सामानसहितको ट्रक भन्सारमा बुझाइयो
रौतहट । प्रहरीले बरामद गरेको भारतबाट भन्सार छलेर ल्याइएका करिब ४७ लाख २८ हजार ६६६ रुपैयाँ बराबरका सामानसहितको ट्रक भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले आइतवार राति साढे ११ बजे बौधीमाई नगरपालिका–५ स्थित हनुमान मन्दिर नजिक चेकजाँच गर्ने क्रममा ना ६ ख ५६२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
ट्रक चालक धादिङको गल्छी–६ का ३० वर्षीय विनय लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।
ट्रकसहित बरामद गरिएका सामानमा जुट ३ बोरा, गुल १ बोरा, सेन्ट २ कार्टुन, पान मसला मिक्स ६ बोरा, युरिया मल ३ बोरा, पाकेट सुर्ती १ बोरा, खुल्ला सुर्ती ३ बोरा, चूनौटी ४ बोरा, हुक्का ३ बोरा, बिडी १ बोरा, कुकिन ५ बोरा, पान मसला जार ३ थान तथा केही मात्रामा पटाखा लगायतका वस्तुहरू रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएको ट्रक, चालक र सामानलाई आवश्यक कारबाहीका लागि सोमबार राति जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण