'हरिबहादुरको जुत्ता'लाई हलहरूले थपिदिए शो
सारांश
- फिल्म 'हरिबहादुरको जुत्ता' ले दोस्रो दिन पनि दर्शकको साथ पाइरहेको छ।
- फिल्मले राम्रो व्यापार गरेको र दर्शकको प्रतिक्रियाको कारण शो संख्या बढाइएको छ।
- हरिवंश आचार्य फिल्म रिलिज भएदेखि नै दर्शकको प्रतिक्रिया बुझ्न हलमा पुगिरहेका छन्।
काठमाडौं । फूलपातीबाट रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दोश्रो दिन पनि बिहानबाट दर्शकको बलियो साथ पाएको छ ।
पहिलो दिन अधिकांश शो हाउसफुलसहित व्यापार गरेको फिल्मले आज मंगलबार दोस्रो दिन पनि देशभर राम्रो व्यापार गर्न सफल भयो । फिल्मको वर्ड अफ माउथ बलियो भएको कारण आजबाट हलहरूले शो संख्या समेत बढाएका छन् । फिल्मका मुख्य कलाकार हरिवंश आचार्यले रिलिजको दिनदेखि नै हलहलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । हरिवंशलाई भेट्दा दर्शक उत्साहित बनिरहेका छन् ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशीष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण