अपडेट : सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु
सारांश
- सर्लाहीको हरिपुर्वामा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भयो।
- मृत्यु हुनेमा महोत्तरी सोनमा गाउँपालिकाका ६५ वर्षीया सायदा खातुन लगायतका बालबालिकाहरू छन्।
- प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाए पनि उनीहरुलाई मृत घोषणा गरियो, थप अनुसन्धान जारी छ।
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।
मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।
बुधवार बिहान करिब ९:२० बजे उनीहरु माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। तर अस्पतालले पौने ११ बजे चारैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता तथा इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब अढाई किलोमिटर पूर्व पर्छ। थप अनुसन्धानका लागि सिंहकै नेतृत्वमा ११ जनाको टोली खटाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण