डेङ्गुबाट जोगिन काठमाडौँ महानगरको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ ।
डेंगु रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ ।
महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेंगुको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको ।
कामनपामा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो सङ्क्रमण देखिएको थियो । सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामनपाले जनाएको छ ।
डेंगु सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेंगुको समस्या देखिन थालेको हो । कामनपाभित्र सन् २०२२ मा दुई हजार नौ सय ७३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेंगु सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।
पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेंगु सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ ।
आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण