मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीलाई बिचौलियामुक्त बनाउन प्रतिबद्धता, नागरिकले उठाए गुनासा

बिहीबार, १६ असोज २०८२, १२ : ०४
बिहीबार, १६ असोज २०८२

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडालाई बिचौलियामुक्त बनाउने प्रतिबद्धता व्यक्त भएको छ ।

कटहरिया बजारका युवाहरूले इलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गण सरसफाइ, रंगरोगन र वृक्षरोपण गरी कार्यालयको मुहार फेरेपछि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा यो आवाज उठेको हो । 

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय नागरिकहरूले प्रहरी सेवामा देखिएका समस्याहरूबारे गुनासा र सुधारका सुझावहरू राखेका थिए । वक्ताहरूले विशेषगरी इलाका प्रहरी कार्यालय गरुडा बिचौलियाको घेरामा परेको र कैयौँ जनप्रतिनिधि, निर्वाचनका प्रत्यासी, नेता तथा व्यापारीहरूले दलाली गरिरहेको गुनासो गरे । उनीहरूले दलालको चक्करमा प्रहरी पर्दा पीडितलाई न्यायको सट्टा निर्दोष फसाउने काम विगतमा हुँदै आएको भन्दै अब सुधार हुनुपर्ने सुझाव दिए ।

यसै सन्दर्भमा, कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले आफ्नो कार्यकालमा ‘सत्य सेवा सुरक्षणम्’को मूल मन्त्रका साथ निष्पक्ष र पारदर्शी प्रहरी सेवा दिने तथा विगतमा देखिएका दलाली प्रथाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । डीएसपी आचार्यले कटहरियामा प्रहरी सेवाको सशक्तीकरण, जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरूले व्यावसायिक तस्करी रोक्न कडाइ गर्न र ज्यालादारी मजदुरीका लागि सानो पोका सामान ल्याउनेहरूलाई सहजता दिनुपर्ने सुझाव पनि दिएका थिए ।

rautahat-police (4)rautahat-police (3)rautahat-police (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप