म्यानचेस्टरमा भएको आक्रमणमा दुईको मृत्यु; प्रहरीद्वारा 'आतङ्की हमला' घोषणा
सारांश
- उत्तरी म्यानचेस्टरस्थित सिनेगग बाहिर भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ, जसलाई प्रहरीले आतङ्कवादी हमला घोषणा गरेको छ।
- एक व्यक्तिले कारबाट मानिसहरूलाई ठक्कर दिएर छुरा प्रहार गर्दा आक्रमणकारी सहित तीन जनाको मृत्यु भएको छ।
- घटनापछि प्रधानमन्त्री केयर स्टार्मर डेनमार्क भ्रमण छोट्याएर फर्किएका छन् र बेलायतभरका सिनेगगहरूमा अतिरिक्त प्रहरी परिचालन गरिने बताएका छन्।
म्यानचेस्टर । संयुक्त अधिराज्यको प्रहरीले उत्तरी म्यानचेस्टरस्थित एउटा सिनेगग (यहूदी प्रार्थनास्थल) बाहिर भएको आक्रमणमा दुई जनाको मृत्यु भएपछि यसलाई ‘आतङ्कवादी हमला’ घोषणा गरेको छ।
ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार करिब ९:३० बजे क्रम्पसलको हिटन पार्क हिब्रू कङ्ग्रेगेशन सिनेगग नजिक एक व्यक्तिले कारबाट मानिसहरूलाई ठक्कर दिएको र एक जनालाई छुरा प्रहार गरेको सूचना प्राप्त भएको थियो।

प्रहरीले आक्रमणमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणकारी भएको आशङ्कामा प्रहरीले गोली चलाएका एक तेस्रो व्यक्तिको पनि मृत्यु भएको मानिएको छ । यद्यपि शरीरमा शङ्कास्पद वस्तु भएकाले मृत्युको औपचारिक पुष्टि गरिएको छैन।
प्रहरीले घटनास्थलमा बमस डिस्पोजल युनिट बोलाएको छ। आक्रमणमा परी अन्य तीन जनाको अवस्था गम्भीर छ। प्रहरीले आक्रमणलाई ‘मारौडिङ्ग टेरर अट्याक’ भन्दै आपतकालीन कोडवर्ड ‘प्लेटो’ घोषणा गरेको छ।
घटनापछि प्रधानमन्त्री केयर स्टार्मर युरोपियन पोलिटिकल कम्युनिटीको शिखर सम्मेलनबाट डेनमार्क भ्रमण छोट्याएर फर्किएका छन्। उनले बेलायतभरका सिनेगगहरूमा अतिरिक्त प्रहरी परिचालन गरिने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण