आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

म्यानचेस्टरस्थित यहूदी प्रार्थनास्थल हमलावरको पहिचान

शुक्रबार, १७ असोज २०८२, ०६ : ५३
शुक्रबार, १७ असोज २०८२

सारांश

  • म्यानचेस्टरमा रहेको यहूदी प्रार्थनास्थलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ, र तीन जना घाइते भएका छन्।
  • सिरियाली मूलका ३५ वर्षीय बेलायती नागरिक जिहाद अल-शमीले आक्रमण गरेका थिए र प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो।
  • प्रहरीले घटनाको अनुसन्धानको क्रममा थप तीन जनालाई पक्राउ गरेको छ, र प्रधानमन्त्रीले यस हमलाको निन्दा गरेका छन्।

म्यानचेस्टर । म्यानचेस्टर प्रहरीले बिहीबार सिनागोग (यहूदी प्रार्थनास्थल) मा भएको हमलामा दुई जना यहुदीको हत्या र तीन जनालाई घाइते तुल्याउने व्यक्तिको नाम जिहाद अल-शमी भएको जनाएको छ।

सिरियाली मूलका ३५ वर्षीय बेलायती नागरिक अल-शमीले हीटन पार्क हिब्रु कंग्रेगेसन सिनागोग बाहिर कारले मानिसहरूलाई ठक्कर दिनुअघि चक्कुले आक्रमण गरेका थिए। प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो।

ग्रेटर म्यानचेस्टर प्रहरीले 'आतङ्कवादी घटना' को अनुसन्धानको क्रममा थप तीन जनालाई पक्राउ गरेको बताएको छ।  प्रहरीले पक्राउ पर्नेमा ३० वर्षका दुई पुरुष र ६० वर्षकी एक महिला रहेको जनाएको छ। आक्रमणकारीले लगाएको शङ्कास्पद उपकरण विस्फोटक नभएको पनि प्रहरीले बताएको छ।

प्रधानमन्त्री कियर स्टार्मर ले यहुदी क्यालेन्डरको सबैभन्दा पवित्र दिन, योम किप्पुर मा भएको यस 'आतङ्कवादी हमला' को निन्दा गरेका छन्।

प्रधान पुजारी सर एफ्राइम मिर्भिसले यस आक्रमणलाई ‘सडक, क्याम्पस र सामाजिक सञ्जालमा यहुदी घृणाको अविरल लहर’ को दुखद नतिजा भनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप