अपडेट
आज कहाँ–कहाँ छ सडक अवरुद्ध ?
शुक्रबार, १७ असोज २०८२, ०७ : ४०
सारांश
- अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
- संखुवासभा र रसुवाका विभिन्न स्थानमा कोशी राजमार्ग र नेपाल-चीन नाका जोड्ने पुल अवरुद्ध छन्।
- सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्ग बन्द भएको छ, प्रहरीले जानकारी लिन आग्रह गरेको छ।
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारीअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै अवरुद्ध छ।
संखुवासभाको मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन।
यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रुपमा अवरुद्ध छ।
सोही गाउँपालिकामा आज बिहानदेखि पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड बन्द भएको छ।
सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४, चारकिलो नजिकै आज बिहान गएको पहिरोले अरनिको राजमार्गमा पूर्ण अवरोध भएको छ। नेपाल प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण