मकवानपुरका दुई सडक खण्डमा २० गतेसम्म राति सवारी आवागमन रोकिँदै
सारांश
- मकवानपुरमा भारी वर्षाको सम्भावनाका कारण दुई सडक खण्डमा राति सवारी आवागमन रोक लगाइने भएको छ।
- हेटौंडाबाट ललितपुर र काठमाडौंतर्फ जाने सवारी साधनलाई तोकिएको समयमा रोक लगाइनेछ।
- प्रशासनले पहिरो, बाढी र डुबानबाट हुने क्षति रोक्न यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गरेको छ।
हेटौंडा । शुक्रबार गतेदेखि असोज २० गतेसम्म मकवानपुरका दुई सडक खण्डमा राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गरी यस्तो व्यवस्था गरिएको जनाएको हो ।
प्रशासनले कान्तिलोकपथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने सवारीलाई बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडाबाट भैसे हुँदै काठमाडौंतर्फ जाने सवारीलाई बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइएको जनाएको छ।
जिल्लामा सम्भावित पहिरो, बाढी र डुबानबाट हुन सक्ने क्षति रोक्नका लागि अत्यावश्यक नभई सकेसम्म यात्रामा ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ। साथै, स्थानीय तहलाई पहिरो जोखिम क्षेत्रमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
प्रशासनले जिल्ला स्थित सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयंसेवक तथा साझेदार संस्थाहरुलाई प्रतिकार्य र पूर्वतयारीमा सक्रिय रहन आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण