उपत्यकामा सशस्त्र प्रहरीले सुरु गर्यो पट्रोलिङ र माइकिङ
सारांश
- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा पेट्रोलिङ र माइकिङ सुरु गरेको छ।
- प्रहरीले खोला किनार र डुबान हुने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै उद्धारका लागि १११४ मा सम्पर्क गर्न आह्वान गरेको छ।
- विपद् न्यूनीकरण र उद्धारका लागि देशभरका युनिटलाई तयारी अवस्थामा राखिएको छ, र आवश्यक स्रोतसाधनको व्यवस्था गरिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार साँझदेखि पट्रोलिङ तथा माइकिङ सुरु गरेको छ।
चोभार, बल्खु, बालाजु, माछापोखरी, बनस्थलीलगायतका क्षेत्रमा गरिएको उक्त गतिविधिमा विशेषगरी खोला किनार र डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ। साथै, विपद् आए तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलको टोल–फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
सशस्त्र प्रहरीले विपद् न्यूनीकरण र उद्धारका लागि देशभरका सबै युनिटलाई आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा राखेको जनाएको छ। महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको सशस्त्र प्रहरी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
हाल सशस्त्र प्रहरी बलका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजुअल्टी भेइकल तथा एम्बुलेन्स तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण