मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध

शनिबार, १८ असोज २०८२, ०९ : ५०
शनिबार, १८ असोज २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले वर्षाका कारण जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ।
  • हनुमन्ते खोलाले बाटो बगाएपछि खोला किनारमा रहेका घरहरू जोखिममा परेका छन्।
  • डुबानको समस्या भएमा सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ र तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।

काठमाडौँ । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएको पनि महानगरले बताएको छ ।  

'विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ', महानगरले भनेको छ । 

 कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको बताइएको छ ।  कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप