कपिलवस्तुमा बस दुर्घटना, ३६ जना घाइते
शनिबार, १८ असोज २०८२, ०९ : ५६
सारांश
- धनगढीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भए।
- दुर्घटनामा २ जना गम्भीर घाइते भए, भने १५ जनालाई बुटवल अस्पतालमा रिफर गरियो।
- प्रहरीका अनुसार बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो।
बुटवल । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घटनाको कारण बस सडक छेउमा पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण