अपडेट : काठमाडौँ र काभ्रेमा सवारीसाधन होल्ड, अन्य ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध (विवरणसहित)
सारांश
- वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
- सङ्खुवासभा, सिन्धुपाल्चोक, धादिङ र रामेछाप लगायतका स्थानमा राजमार्ग पूर्ण रूपमा बन्द छन्।
- काभ्रे र काठमाडौंमा सवारीसाधन होल्ड गरिएको छ, र प्रहरीले सडक खुलाउने कार्य गरिरहेको छ।
काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौँ र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन्।
प्रहरीका अनुसार संखुवासभा जिल्लामा भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ पुग्मा क्षेत्रमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, रामेछापको गोकुलगंगा गाउँपालिका–८ पुजाखोला र सुम्पुखाका गोकुलगंगा गाउँपालिका–७ मा समेत राजमार्ग सञ्चालनमा अवरोध भएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोक र काठमाडौंमा भने तत्काल अर्को आदेश नभएसम्म दुबै तर्फबाट सवारीसाधन होल्ड गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले प्रभावित क्षेत्रमा पहिरो पन्छाउने र सडक खुलाउने कार्य जारी रहेको जनाएको छ। साथै, यात्रु र चालकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध समेत गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण