विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न मन्त्री घिसिङको निर्देशन
सारांश
- मन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
- उनले उपत्यका र नदी किनारका बस्तीमा नबस्न आग्रह गर्दै विपद् प्रतिकार्य टोलीलाई सक्रिय बनाएको बताए।
- मन्त्री घिसिङले सडक, सिचाई र मौसम विभागका प्रतिनिधिहरुसँग छलफल गरी आवश्यक व्यवस्थापन मिलाएका छन्।
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।
शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिए ।
शनिबार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगायतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदी किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उनले विपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताए ।
बाढी र पहिरोका कारण भौतिक संरचनालाई धेरै क्षति हुन नदिने गरी व्यवस्थापन गरिएको उनले बताए । उनले राजमार्गमा कुनै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिइएको उल्लेख गरे । बढी डुबान हुने क्षेत्रमा पनि विपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
उनले नदी किनारमा रहेका आयोजनाका सामाग्रीलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताए । विपद् व्यवस्थापनका लागि मन्त्री घिसिङले सडक, सिचाई र मौसम विभागका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि आइतबार बिहानसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबारबाट मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण