बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि जुट्न वाईसीएल नेपालको आग्रह

शनिबार, १८ असोज २०८२, १४ : ४२
शनिबार, १८ असोज २०८२

सारांश

  • वाईसीएल नेपालले देशव्यापी उद्धार तथा राहत अभियान सुरु गर्ने घोषणा गरेको छ।
  • प्राकृतिक विपद्का कारण मानवीय र भौतिक क्षति बढ्ने सम्भावनालाई मध्यनजर गर्दै वाईसीएलले आफ्ना सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
  • वाईसीएलले बाढीपहिरो प्रभावितलाई खाद्यान्न, लत्ताकपडा, र प्राथमिक उपचार सामग्री उपलब्ध गराउने जनाएको छ।

काठमाडौँ । माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा जोखिम बढ्दै गएको सन्दर्भमा देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । 

पछिल्ला दिनहरूमा प्राकृतिक विपद्का कारण ठुलो मानवीय र भौतिक क्षति हुने सम्भावना बढिरहेको भन्दै वाईसीएलस नेपालले आफ्ना संरचना तथा सदस्यहरूलाई जनसेवामा लाग्न निर्देशन दिएको छ । 

वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले शनिबार जारी गरेको विज्ञप्तिमा देशभरका १० हजारभन्दा बढी सदस्यहरूलाई तत्काल उद्धार, राहत र सहयोगका कार्यमा खटिन आह्वान गरिएको छ । उनका अनुसार संगठनका सम्पूर्ण तह–तप्काका साथीहरूलाई स्थानीय तह, सामाजिक संघ–संस्था, युवा क्लब तथा विपद् व्यवस्थापनसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा सक्रिय हुन निर्देशन दिइएको छ ।

संगठनले बाढी र डुबानबाट विस्थापित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, ओछ्यान, औषधि तथा प्राथमिक उपचार सामग्री आपूर्ति गर्ने तयारी गरेको छ भने पहिरोका कारण अवरुद्ध भएका सडक मार्ग खुलाउन र उद्धार कार्यमा समेत प्रत्यक्ष संलग्न हुने बताएको छ ।

अध्यक्ष ओलीले भैपरी आउने जस्तोसुकै विपद् र परिस्थितिमा पनि जनताको पक्षमा, जनताको सेवामा अग्रपंक्तिमा रहनु नै हाम्रो संगठनको मूल दायित्व रहेको भन्दै वाईसिएल नेपाल सधैं अग्रसर रहने स्पष्ट पारेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप