आधिकारिक कोषमा सहयोग रकम जम्मा गर्न अर्थ मन्त्रालयको आग्रह
सारांश
- अर्थ मन्त्रालयले भौतिक पूर्वाधार निर्माण कोषमा मात्र सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ।
- विज्ञप्ति अनुसार, सहिद परिवार र घाइतेहरूको उपचारका लागि संकलित रकम आधिकारिक कोषमा जम्मा गर्नुपर्नेछ।
- सरकारले रकमको दुरुपयोग रोक्न र पारदर्शीता कायम गर्न राष्ट्रिय वाणिज्य बैंकको खातामा रकम जम्मा गर्न भनेको छ।
काठमाडौँ । अर्थ मन्त्रालयले राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि स्थापना गरिएको भौतिक पूर्वाधार निर्माण कोषमा मात्र सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति गरी जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिका उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैरसरकारी संघ संस्थाहरुमा जम्मा भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आधिकारिक कोषमा नै सहयोग रकम जम्मा गर्न आग्रह गरेको हो ।
समान्तर र अपारदर्शी ढंगले स्रोतको उपायोग हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रालयले स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको भौतिक पूर्वाधार पुनर्निमाण कोषको खाता नं. १९६०१००१०२०७०००४ मा जम्मा गर्न आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण