लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी पुस्ताको माग
सारांश
- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको छ।
- मधेसका जेनजी पुस्ताले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्।
- जेनजी आन्दोलनका आषुतोष झाका अनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन छलफल भइरहेको छ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बारेमा छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएपछि मधेसमा लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरिएको छ ।
मधेसका जेनजी पुस्ताले कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले आन्दोलनको बारेमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग गरेका अुन् । मधेशको जेनजी आन्दोलनमा लागेका आषुतोष झाका अनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनका दबाब दिन जेनजी मोभमेन्ट एलान्ससँग छलफल भइरहेको छ ।
काठमाडौँमा जेनजी आन्दोलनमा लागेका शिव यादवसँग पनि यस विषयमा छलफल भएको र यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई पनि ध्यानाकर्षण गराउने तयारी भइरहेको झाले बताए ।
उनले भने, ‘जेनजी आन्दोलन र मधेशको आन्दोलनको प्रकृति एउटै हो, दुवै आन्दोलनमा प्रहरीको व्यापक दमन भएको छ, थुप्रै जनधनको क्षति भएको छ, त्यसकै छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । त्यसले अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन हामीले सरकारलाई दबाब दिन्छौं ।’
मधेसका जेनजी पुस्ताले मात्र होइन, तराई मधेस केन्द्रित दलहरूले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण