मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा अत्यावश्यक बाहेक गाडी चलाउन रोक

शनिबार, १८ असोज २०८२, १७ : १०
शनिबार, १८ असोज २०८२

बुटवल । पाल्पा जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

जिल्ला प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार, लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेकाले तीन दिनका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

विशेषगरी पाल्पा–सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल–फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जान सक्ने जोखिम उच्च भएको कारण असोज १८, १९ र २० गतेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको जानकारी दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप