बीपी राजमार्गको मंगलटारमा २० मिटर सडक कटान, दुई ठाउँमा पहिरो
शनिबार, १८ असोज २०८२, १९ : ०४
सारांश
- काभ्रेको मंगलटारमा खोलाले सडकको २० मिटर भाग कटान गरेको छ ।
- रोशी गाउँपालिकामा पहिरो र खोलाले सडक अवरुद्ध पारेको छ ।
- नमोबुद्ध नगरपालिकामा नदीले सडक कटान गर्दा सवारी आवागमन बन्द भएको छ।
काठमाडौँ । बीपी राजमार्ग स्थित काभ्रेको मंगलटारमा नदीले सडक कटान गरेको छ । स्थानीय मंगलटार खोलाले करिब २० मिटर सड्क कटान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पर्ने माम्तिखोला र कालढुंगामा पहिरो खसेको छ । रोशी गाउँपालिकामा वडा नम्बर–७ स्थित घुमाउनेमा पनि रोशीले सडक कटान गरेको छ । नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा नदीले सडक कटान गर्दा सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।
रोशी गाउँपालिकामा पर्ने लास्कोट, चारसयबेसी र नार्के लेदो खसेर सडक अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण