काठमाडौँ प्रहरीको सूचना अधिकारीमा एसपी भट्टराई
शनिबार, १८ असोज २०८२, १९ : २३
सारांश
- काठमाडौँ जिल्ला प्रहरी परिसरको सूचना अधिकारीमा एसपी पवन कुमार भट्टराई नियुक्त भएका छन्।
- एसएसपी रमेश थापाले भट्टराईलाई सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।
- भट्टराई यसअघि पाल्पाको प्रहरी प्रमुखको रूपमा कार्यरत थिए।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको सूचना अधिकारीको जिम्मेवारी एसपी पवन कुमार भट्टराईलाई दिइएको छ । काठमाडौँका एसएसपी रमेश थापाले भट्टराईलाई सो जिम्मेवारी दिएका हुन् ।
परिसरको काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सम्प्रेषण गर्नका लागी भट्टराईलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जेनजी प्रदर्शनपछि भट्टराईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौँ जिल्लामा खटाएको हो । उनी यसअघि पाल्पाको प्रहरी प्रमुखको रूपमा कार्यरत थिए । प्रहरी भित्र भट्टराई भिड नियन्त्रणको योजना बनाउन र प्रहरी परिचालन गर्न अब्बल मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण