विपद् व्यवस्थापनमा जुट्न जसपा उपमहासचिव यादवको पार्टीपंक्तिलाई निर्देशन
सारांश
- जसपाका उपमहासचिव प्रदीप यादवले बाढीपहिरो प्रभावितलाई उद्धार र राहतमा खटिन निर्देशन दिए।
- उनले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको जोखिम औंल्याउँदै पार्टीका नेता कार्यकर्तालाई सतर्क रहन आग्रह गरे।
- यादवले स्थानीय पार्टी कमिटीहरूलाई सरकारी निकायसँग समन्वय गरी काम गर्न अनुरोध गरे।
काठमाडौँ। मुलुक बाढी, पहिरो र वर्षाका कारण गम्भीर सङ्कटको सामना गरिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन्।
उपमहासचिव यादवले आज सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारण जनधनको ठुलो क्षति हुन सक्ने खतरा औँल्याएका छन्। उनले जसपाका सबै नेता, कार्यकर्ता र पार्टी संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखेर पूर्ण सतर्कताका साथ विपद् व्यवस्थापनमा सक्रिय हुन आग्रह गरेका छन्।
यादवले स्थानीय पार्टी कमिटीहरूलाई सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गरी जोखिममा परेका नागरिकको उद्धार, राहत र संरक्षणको अग्रपङ्क्तिमा रहन अनुरोध गरेका छन्। उनले यस कठिन घडीमा जसपा परिवारका सदस्यहरूलाई एकताबद्ध भई सहयोग, सद्भाव र सशक्त उपस्थितिको पहिचान व्यवहारमा उतार्न आह्वान गरेका छन्।
साथै, उनले विपद् व्यवस्थापनका लागि सबैलाई तयार रहन र सङ्कटमा परेकाहरूलाई छिटो सहयोग पुगोस् भन्ने कामना समेत व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण