विपद्मा जनताको सेवा र सुरक्षामा खटिन युवा संघको आह्वान
सारांश
- एमाले निकट युवा संघले विपद्मा परेका नागरिकको सेवा र सुरक्षामा खटिन कार्यकर्तालाई आह्वान गरेको छ।
- युवा संघले उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिँदै जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
- संघले स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गरी काम गर्न निर्देशन दिएको छ।
काठमाडौँ। नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्पूर्ण अवस्थामा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रियतापूर्वक खटिन आह्वान गरेको छ।
संघका अध्यक्ष क्षितिज थेबेले शनिबार एक विशेष सर्कुलर जारी गर्दै युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन्।
सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न पनि संघले अनुरोध गरेको छ।
युवा संघले विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि सबै संरचनालाई निर्देशन दिएको छ। मौसम विज्ञान विभागले असोज २० गतेसम्म भारी वर्षा हुने सम्भावना औँल्याएकाले सम्भावित जोखिम क्षेत्रका युवाहरूलाई उच्च सावधानी अपनाउन संघले आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण