भक्तपुरको साँगामा पहिरो
शनिबार, १८ असोज २०८२, २० : ३८
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका साँगामा पहिरो खसेको छ । भक्तपुर स्थित साँगाको झोलुङ्गे पुल नजिकै पहिरो खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
साँगा हुँदै पूर्वतर्फ जाने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उपत्यका बाहिरिने नाकाबाट एम्बुलेन्स, उद्धार सामग्री बोकेका गाडी र सुरक्षाकर्मी चढेको सवारी भन्दा बाहेक अन्यलाई रोक लगाइएको एसपी सुवेदीले बताए ।
गए राति देखी परेको अविरल वर्षा रोकिएको छैन । अझै केही दिन अविरल वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण