अविरल वर्षा : भक्तपुरमा कहाँ कहाँ भयो क्षति ?
सारांश
- भक्तपुरमा अविरल वर्षाका कारण पहिरो र डुबान भएको छ, जसले जनजीवन प्रभावित पारेको छ।
- सूर्यविनायक-साँगा सडकखण्डमा पहिरोले बाटो अवरुद्ध भएको छ, भने चाँगुनारायणमा धेरै क्षति पुगेको छ।
- हनुमन्ते खोलामा आएको बाढीले आसपासका क्षेत्र डुबानमा परेको छ भने केही घरहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
भक्तपुर । गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ । जिल्लाको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन् भने डुबानसमेत भएको छ ।
वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक साँगा सडकखण्डमा पहिराले बाटो अवरुद्ध भएको छ । शनिबार गएको पहिरो पन्छाइ सडक खुलाउने प्रयास भइरहेको छ । सूर्यविनयक–७ किवा चोक गुण्डुस्थित महादेव मन्दिर नजिकै रहेको सडकखण्ड वर्षाका कारणले पहिरो गएपश्चात् गुण्डु किवाचोक हुँदै नयाँ थिमि चल्ने यातायात पूर्ण रूपमा बन्द भएको छ ।
यसैगरी भक्तपुर नगरपालिकाको जगाती र राममन्दिर स्थित टुरिजम मार्केट क्षेत्रमा हनुमन्ते खोलाले आसपासका क्षेत्रमा डुबान समेत भएको छ । वर्षाले भक्तपुरमा सबैभन्दा बढी क्षति चाँगुनारायण नगरपालिकाभित्र गरेको छ । चाँगुनारायण–६, कमलविनायक–खरिपाटी–नगरकोट सडकखण्डमा मुहान पोखरी, तेलकोट, बास्तोला गाउँलगायतको ठाउँहरुमा सडकको भित्ताहरुमा स–साना पहिरो खसेको र बास्तोला गाउँको पहिरो स्काभेटरको सहायतले पन्छाएर सडक खुलाइएको छ ।
यस्तै चाँगुनारायण –९ र सूर्यविनायक–१० को सिमानामा पर्ने च्याम्हासिंह–ताथली–नाला सडक खण्डमा पनि नाला गुम्बामुनि सडकको भित्ताहरुमा स–साना पहिरो खसेको छ, तर सडक भने अवरुद्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चाँगुनारायण–८ चरेली, विन्दवासिनीस्थित कमलविनायकदेखि कलमसी जाने मुख्य सडकमा शनिबार साँझ ५ः०० बजे पहिरो गएको छ । यातायात सेवा भने एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ ।
चाँगुनारायण –६ बास्तोला गाउँमा रहेकोको सुमन बास्तोलाको घर अगाडि पहिरो गएकोमा नगरपालिकाले त्रिपाल र प्लास्टिक ओढाएर जोखिम न्यूनीकरण गरेको जनाइएको छ ।
चाँगुनारायण–७, बागेश्वरीस्थित हेल्थपोष्ट नजिकको सडकको छेउपट्टी भाग भाँसिएकोले प्लास्टिक राखेर जोखिम न्यूनीकरण गरिएको छ । चाँगुनारायण–६, तेलकोटमा रहेकोको कमला लामिछानेकोको घर अगाडि पहिरो गएको छ, तर क्षति भने भएको छैन ।
चाँगुनारायण –१, चाँगुनारायण माविबाट नेक कलेज हुँदै मूलपानी निस्कने ढलान सडकको छेउ भागमा प्वाल परेकोले वैकल्पिक मार्गको रुपमा खड्का डिल हुँदै बेसिबाट नेक कलेज मूलपानी जान सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
चाँगुनारायण ७ र ८ वडा हुँदै बग्ने घट्टे खोला र मूल साँघुखोलाको बहावले गर्दा यसको आसपासमा रहेका धान बालीहरु डुबानमा परेको छ । अविरल वर्षाले मध्यपुर थिमि नगरपालिकाको वडा नंं ४, ३ र १ भएर बग्ने हनुमन्ते खोलाले खोला किनारको तरकारी, धानबाली डुबानमा पारेको छ भने केही घर टहराका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
बाढी बढी जोखिम रहेको मध्यपुर थिमिका लोहकिन्थलीस्थित सुकुम्बासी बस्ती, राधेराधे, कौशलटार सागबारीको अवस्था सामान्य छ । वर्षाले प्रसिद्ध धार्मिकस्थल नीलबाराही मन्दिर आसपास भरिएका माटो सामान्य बगाए पनि मुख्य मन्दिरलाई केही असर नगरेको प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण