माओवादीले बोलायो सचिवालय बैठक
आइतबार, १९ असोज २०८२, २१ : २३
सारांश
- माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ।
- बैठकमा महाधिवेशनको मिति तय र प्रतिनिधि छनोटबारे छलफल हुनेछ।
- केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय भएको थियो।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । यस्तै माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण