अपडेट
गोसाइँकुण्डमा खोल्साले बगाएका चार जना खोज्न प्रहरी परिचालन
आइतबार, १९ असोज २०८२, ११ : २०
सारांश
- रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ४ जना बेपत्ता भएका छन्, खोल्साले बगाएको हो।
- सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बेपत्ताहरूको खोजतलास गरिरहेको छ।
- भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना बाढीमा परेका हुन्।
काठमाडौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका –४ बेरिङ खोल्साले बगाएका ४ जनाको खोजतलास गर्न सशस्त्र प्रहरीको टोली खटिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूको खोजतलास गर्न सशस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज टोलीसहित नेपाल प्रहरीको टोली खटिएको हो ।
भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा भक्तपुर ठिमीका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण