बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा ‘कान्तारा’ को धमाका, पछि परे सलमान र रामचरण

आइतबार, १९ असोज २०८२, १३ : ४२
आइतबार, १९ असोज २०८२

सारांश

  • ऋषभ शेट्टीको फिल्म 'कान्तारा : च्याप्टर १' ले भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको छ।
  • फिल्मले तीन दिनमा भारतमा १५० करोडको व्यवसाय गर्‍यो र सलमान खान र राम चरणको फिल्मलाई पछि पार्‍यो।
  • 'कान्तारा : च्याप्टर १' कन्नड फिल्म हो र यो वर्ष धेरै कमाउने कन्नड फिल्मको सूचीमा परेको छ।

मुम्बई । साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा : च्याप्टर १’ ले भारतीय बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल भएको छ । गत २ अक्टोबर (१६ असोज) मा रिलिज भएको फिल्मले कमाइको मामलामा सलमान खानको ‘सिकन्दर’ र रामचरणको फिल्म ‘गेम चेन्जर’ लाई समेत पछि पारेको छ ।

फिल्मले तीन दिनमा भारतमा मात्र १५० करोडको व्यवसाय गर्न सफल भएको छ । फिल्मको चौथो दिन अर्थात ५ अक्टोबर (१९ असोज) मा समेत राम्रो कमाइरहेको भारतीय मिडियाले जनाएका छन् । फिल्मले अहिलेसम्म केही ठुलो फिल्मको रेकर्ड तोडेको दाबी गरिएको छ ।

एकै मितिमा लागेका सलमानको फिल्म ‘सिकन्दर’ले अहिलेसम्म ११० करोड कमाउन सफल भएको छ भने राम चरणको ‘गेम चेन्जर’ले भने १३१ करोड कमाउन सफल भएको छ । 

‘कान्तारा ः च्याप्टर १’ कन्नड फिल्म हो । फिल्मले यो वर्ष धेरै कमाउने धेरै कमाउने कन्नड फिल्मको सूचीमा आफूलाई उभ्याउनुको अलवा अहिलेसम्म धेरै कमाउने फिल्मको सूचीको चौथो नम्बरमा परेको छ । 

फिल्मले पहिलो दिन देखिँदै राम्रो कमाइ गरिरहेका छ । फिल्मले पहिलो दिन ६१.८५ करोड, दोस्रो दिन ४६ करोड र तेस्रो दिन ५५ करोड कमाउन सफल भएको थियो । फिल्मको अहिले सम्मको आम्दानी १६२.८५ करोड रुपैयाँ पुगेको छ । फिल्मले संसारभरबाट २२५ करोड बढी कमाएको बताइन्छ ।

फिल्ममा हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषा पनि प्रयोग भएको छ । फिल्म २०२२ को ‘कान्तारा’ को सिक्वेल हो । १४ करोड भारुको लागतमा बनेको ‘कान्तारा’ ले बक्स अफिसमा ४०० करोडभन्दा बढीको व्यापार गरेको थियो । फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए । यस फिल्मबाट ऋषभले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप