केन्द्रीय कमिटी बैठक राख्न ठाउँ खोज्दै एमाले
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म बस्ने भएको छ, तर स्थान तय भएको छैन।
- च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालय आगलागी भएपछि बैठक अन्यत्रै राख्नुपर्ने भएको छ।
- अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढे पनि उनी महाधिवेशनको तयारीमा छन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म बस्नेगरी बोलाइएको छ । तीन दिन बस्नेगरी बोलाइएको केन्द्रीय कमिटी बैठक बस्ने स्थानको भने टुंगो नलागेको सो पार्टीले जनाएको छ ।
भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालय पनि आगजनी भएसँगै उक्त स्थानमा बैठक बस्न नसक्ने अवस्था रहेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भइरहेको च्यासलको भवन आगलागीबाट क्षतविक्षत भएकाले बैठक बस्ने स्थान अभाव भएको जानकारी दिए । उनका अनुसार दसैँ बिदा सकिएलगत्तै बैठक बस्ने स्थानको खोजी गरिने छ । ‘बैठक बस्ने स्थानको टुंगो लागिसकेको छैन’,अधिकारीले भने,‘दसैँ सकिएपछि कुनै पार्टी प्यालेस खोज्नुपर्ला भन्ने छ ।’
एमालेले केन्द्रीय कमिटी बैठक अघि असोज १९ र २० गते तोकेको केन्द्रीय सचिवालय बैठक असोज २४ गतेलाई सारेको छ । २४ गते बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने नेताहरूले बताएका छन् ।
नेकपा एमालेमा झन्डै ३ सय ५५ जना केन्द्रीय सदस्य रहेका छन् । जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढेपनि उनी सहजै नेतृत्व छाड्ने पक्षमा छैनन् । बरु ओली महाधिवेशन फेस गर्ने तयारीमा रहेको एमाले नेताहरू बताउँछन् ।
‘अध्यक्ष ओलीलाई नेतृत्व छाड्न र पार्टी पुनर्गठन गर्नुपर्ने माग पार्टीभित्र बढ्दो छ’, एमालेका एक पदाधिकारी भन्छन्,‘तर उहाँ नेतृत्व नछाड्ने बरु एक वर्ष अघि नै महाधिवेशन गरेर पुन अध्यक्ष बन्ने तयारीमा रहेको बुझिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण