खोटाङमा खोलाले बगाएर युवकको मृत्यु
आइतबार, १९ असोज २०८२, १४ : ४०
सारांश
- खोटाङमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ।
- उदयपुरको बेलकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ।
- इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ।
काठमाडौँ । खोटाङमा खोलाले बगाएर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका सुमन बिक छन् । २१ वर्षीय बिकको स्थानीय खोलाले बगाएर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले रातोपाटीलाई बताए ।
त्यस्तै, उदयपुरको बेलकामा पनि खोलाले बगाएर मञ्जु अधिकारीको मृत्यु भएको छ । अधिकारी मोरङको सुन्दर हरैंचा नगरपालिकाकी स्थानीय हुन् ।
कोशी प्रदेशको इलाममा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । उनीहरूमध्ये २३ जनाको सनाखत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण