नदी कटान र डुबानले कहाँ कहाँ कति भयो क्षति ?
सारांश
- अविरल वर्षापछि देशका विभिन्न स्थानमा नदी कटान, बाढी र डुबान भएको छ, जसले ठूलो क्षति पुर्याएको छ।
- झापा, सिरहा, महोत्तरी लगायतका स्थानमा तटबन्ध कटान हुँदा हजारौं हेक्टर धान खेत र घर डुबानमा परेका छन्।
- सिँचाइ मन्त्रालयका अनुसार बाढीले करिब १० करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ, तर सिँचाइ प्रणालीमा खासै क्षति पुगेको छैन।
काठमाडौँ । असोज १७ र १८ गते परेको अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा नदी कटान, बाढी र डुबान भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मिटर तटबन्ध कटान गर्दा अनुमानित १० करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको छ ।
जसअन्तर्गत कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गर्दा होकलबारी गाउँको करिब ११४ घरबारी डुबान भएको छ भने ५०० हेक्टर धान खेतमा क्षति पुगेको छ । झापा गाउँपालिका २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको छ । त्यहाँ अनुमानित क्षतिको लागत रु ७५ लाख रहेको छ ।
त्यसैगरी मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरुमा क्षति पुर्याउँदा ५० लाख बराबरको क्षति भएको छ । केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महा न पा ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएका छन् ।
कमला नदीको पूर्वी किनार सिराहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याउँदा २५ लाख बराबरको क्षति भएको छ । मधेस प्रदेशकै लालबकैया नदीको दायाँ किनार मौलापुर नपा १ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाउँदा एकसय हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बग्दा २०० हेक्टर धान खेतमा क्षति भएको छ । त्यहाँ २०० वटा घर गोठ डुबान समेत पर्दा अनुमानित ६० लाखको क्षति भएको छ ।
महोत्तरीको रातो नदीले बलवा नपा २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मिटर तटबन्ध बगाएको छ । त्यस्तै लोहरपट्टी नपा ६ लोहारपट्टीममा ४०० मिटर, महोतरीको ६ रतबारा मा २० मिटर, जलेश्वर नपा १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगेको छ ।
रातु नदीले ८९० मिटर तटबन्ध कटान गरेको छ भने महोत्तरीको सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा पर्दा ८ करोड बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।
सिचाईतर्फ सिँचाइ प्रणालीहरुको बाँध क्षेत्रका नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै गेट अप्रेशन गरेकाले सिंचाइ प्रणालीहरुमा खासै क्षति नभएको सिँचाइ मन्त्रलायको भनाई छ । मन्त्रालयले झाँज सिंचाइ प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ मोहमदपुर गाउँ डुबानमा परेको जनाएको छ ।
सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिंचाइ आयोजनाहरुको सिंचित क्षेत्र भित्र रहेका खोला खोल्साहरुले खेति योग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन गरिएपनि विवरण प्राप्त नभएको जनाएको छ । सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गतको निर्माणाधिन बाँध स्थल डुबान भएको छ । कफर ड्याम लगायत निर्माणाधिन संरचनाहरुको अवस्था एकिन हुन नसकेको मन्त्रालयले जनाएको छ । इलाम, पाँचधर, ताप्लेजुङ्ग लगायत कोशी र बाग्मति प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरु भएपनि त्यसको सवै विवरण प्राप्त नभएको मन्त्रालयले आइतबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण