जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाए : रास्वपा
सारांश
- रास्वपाले विपद्मा सरकारको तदारुकताको प्रशंसा गरेको छ।
- रास्वपाले सरकारको नेतृत्व गम्भीर र इमानदार भएको जनाएको छ।
- पार्टीले विपद्मा समन्वय र सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्का बेला सरकारले देखाएको तदारुकताको सराहना गरेको छ । आइतबार बसेको सो पार्टीको बृहत् भर्चुअल बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएको जनाएको हो ।
‘सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाएको छ । सरकार बलियो सांसदको धेरै सङ्ख्याले हैन, बलियो सार्वजनिक सेवाले हुने हो’, प्रवक्ता मनिष झाले जारी गरेको निर्णयमा भनिएको छ ।
बैठकले विपद्मा रास्वपाले आफ्नो ठाउँबाट गर्दै गरेको समन्वय र सहयोगलाई निरन्तरता दिने र आवश्यक उद्धार कार्यमा आफ्नो सीप र दक्षता अनुसार संलग्न हुन पार्टीको सबै तहमा अनुरोध गरेको छ । त्यस्तै आवश्यकता अनुसार राजमार्गहरूमा यथाशीघ्र ‘हेल्प डेस्क’ स्थापना गर्न पनि रास्वपाले आव्हान गरेको छ ।
स्थिति सामान्य नआएसम्म हरेक दिन साँझ ७ बजे भर्चुअल मिटिङ गरिने र प्रदेश÷जिल्ला कमिटीले जानकारी गराउने निर्णय गरेको झाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण