दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते
सारांश
- दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र दश जना घाइते भएका छन्।
- घाइतेमध्ये छ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य चार जना उपचारपछि घर फर्किएका छन्।
- दुर्घटना महाकाली नगरपालिका-६ को निसिलस्थित गजुराडीमा भएको हो, जसमा जिप डेढ सय मिटर तल खसेको थियो।
खलङ्गा । दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छभने दश जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका ३० वर्षीय नरेशबहादुर पाललाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।
दुर्घटनामा घाइते अन्य ६ जनालाई थप उपचारका लागि धनगढी ‘रिफर’ गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।
उनका अनुसार २४ वर्षीय लोकेन्द्र सिँह धामी, २८ वर्षीय पङ्कज पाल, २८ वर्षीय जयबहादुर पाल, २४ वर्षीय सुमन पाल, गाडी चालक ४० वर्षीय अम्मरसिँह धामी र १४ वर्षीय सुमन पाललाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको हो । अन्य चार जनालाई उपचार गरी घर पठाइएको छ ।
जिपमा जम्मा ११ जना सवार रहेका थिए । जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण